Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खुला रहने - Brighter Khabar

साँकेतिक तस्विर 


काठमाडौं, फाल्गुन ११ गते । सरकारले शनिबार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ। 

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार बाहेक अन्य बिदाका दिन महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले आज गरेको निर्णय लागु भएमा जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक र प्रहरी कार्यालयहरु शनिबार बाहेक अन्य बिदाहरूमा खुला रहने छन् ।

सरकारले केहि दिन अगाडि मात्रै बार्षिक क्यालेण्डरमा दुइ दिन थप सार्वजनिक बिदा थपेको थियो र यसको सर्वत्र  विरोध भएको थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom