Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

करारका कर्मचारी हटाउने सरकारको तयारी- Brighter Khabar


काठमाडौं , सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो । 

अर्थ मन्त्रालयले फागुन ५ गते चिठ्ठी लेख्दै ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनिसकेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र सोहि अनुसारले  करारका कर्मचारी र ज्यालाधरिका कर्मचारीको विवरण पठाउन भनिसकेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom