Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सहकारीबाट ठगिनेको सङ्ख्या बढ्दो, साढे ४ सय भन्दा बढी उजुरी विभागमा - ब्राइटर खबर - Brighter Khabar


पोखरा , १३ फाल्गुन । पछिल्लो समय ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै गईरहेको सहकारी विभागले जनाएको छ ।  

गएको   मङ्सिर महिनामा  ४३ उजुरी परेकामा पुस महिनामा आउँदा यो संख्या  चार सय ५१ मा पुगेको  सहकारी  विभागले जनाएको छ  । यसरी  एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएका हुन्  ।  सर्वसाधारणले ठगिएको रकम लुकाउने प्रवृत्तिले अझै स्पष्ट  तथ्याङ्क आउन नसकेको विभागको भनाई छ ।

जुन उद्देश्यका लागि भनेर  सहकारी संस्था खोलिएका हुन् सोहीअनुसार अगाडी बढ्न नसक्दा हिजो आज यस्ता उजुरी बढ्दै गएका हुन्  । विभागका सूचना अधिकारीका अनुसार कानुनको अभावमा निक्षेप हिनामिना गर्ने केही सहकारीलाई कालोसूचीमा समेत  राखि सकिएको छ भने केहि कारबाहीकै क्रममा छन्। 

नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा समेत ग्राहक  ठगीने क्रम  बढ्दै गएको र सोहीअनुसार उजुरी पनि थपिने क्रम बढ्दै गएको हो  । 

संस्थाका  सञ्चालकहरूले सदस्यलाई सुनियोजितरूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्नेजस्ता गतिविधिले गर्दा दिनानुदिन समस्या थपिने क्रम रहेकाले उजुरी बढ्दै गएको देखिन्छ ।

पछिल्लो समय सहकारीहरूले  सदस्यबाट मात्र बचत सङ्कलन, ऋण प्रवाह गर्ने भन्दा पनि  सिद्धान्त विपरित  गएर कारोबार गर्दा जोखिम बढेर सदस्य ठगिन पुगेका छन् । 

सङ्गठित सदस्यहरूलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवर्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा भए पनि पछिल्लो समय त्यसो नभईकन संस्थाहरू बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण सर्वसाधारण समस्यामा पर्ने गरेका छन् ।

अहिले राजधानी लगायत देशका  केही स्थानमा सहकारीको सङ्ख्या धेरै भएकाले दर्ता प्रक्रिया समेत  रोकिएको छ।  

Top Post Ad

post bottom ads

Ads Bottom