Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए - Brighter Khabar


सुर्खेत , ११ फाल्गुन । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका छन्  । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत कविन्द्र दायाँ कन्चटमा गोली लागेको अवस्थाम मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो । आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका  अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom