Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूर्व जनमुक्ति सेनाका कमान्डरकाे भिरबाट लडेर ज्यान गयो - Brighter Khabar


जाजरकोट , फाल्गुन २ गते  ।  एक पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे भिरबाट लडेर ज्यान गएको छ ।  जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको हो । 

वस्तुभाउ चराउन हिँडेका भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापाको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । 

घरबाट नजिकैको भिरमा वस्तुभाउ चराउन गएका थापा अबेरसम्म पनि घर नफर्केपछि घरपरिवारले हारगुहार गरेको थियो ।  थापा हराएको खबर पाएपछी परिवार सँगै आफ्ना आफन्त खोजीमा निस्केका थिए  ।  खोजतलासको क्रममा थापा भिरको पुछारमा मृत भेटिएका हुन्  ।  

Top Post Ad

post bottom ads

Ads Bottom