Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा ४ का वडा सदस्य श्रेष्ठको निधन , १ बजे पछिका महानगरका सबै सेवा स्थगित - Brighter Khabar


पोखरा १४, फाल्गुन । पोखरा वडा नम्बर ४ का वडा सदस्यको गए राती निधन भएको छ । 

केही समय अगाडि देखि जण्डीस बाट पिडित रहेका वडा सदस्य एवम्  पोखरा ४ गणेशटोल निवासी ५२ बर्षिय सञ्जयकुमार श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो ।

सुचना जारी गर्दै  पोखरा महानगरले  आज १ दिन पोखरा महानगरपालिका ४ नं. वडा कार्यालय पूर्ण रुपमा बन्द रहने जानकारी गराएको छ ।

 साथै महानगरपालिका तथा महाशाखा / शाखा सबै वडामा दिनको १:०० बजेपछि शोकसभा गरी सेवा स्थगित गरिने नगर प्रमुखस्तरीय निर्णय भएको समेत महनगरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom