Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लामो समयदेखि चर्चामा रहेको निजामती सेवा ऐन ल्याउने अन्तिम तयारीमा सरकार- Brighter khabar


फाल्गुन ४,  झण्डै तीन बर्ष भन्दा बढी समयदेखि चर्चामा रहेको निजामती सेवा ऐन ल्याउने अन्तिम तयारीमा सरकार  रहेको बुझिएको छ । 

विधेयकप्रति कर्मचारीको चासो, माग, प्रदेश अधिकारलगायत विषयमा राजनीतिक दलहरूको असहमतिका कारण संसदीय प्रक्रियाको बीचमै अडकिएको ऐन पुनः ल्याउने तयारीमा सरकार रहेको बुझिएको हो  ।

अहिलेसम्म पनि संसदीय प्रक्रियावाट पारित हुन नसकेको ऐन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी संसद्को अधिवेशनमा विधयेक पारित गरी ऐनको रूपमा ल्याउने गरि तयारी अघि बढाएको हो । जसका लागि विभागीय मन्त्री अमनलाल मोदीले सो ऐनसँग सम्बन्धि सरोकारवाला निकायसंग छलफल गरि सक्नुभएको छ ।

ऐन नआउँदा कर्मचारी समायोजन रोजेर स्थानीय तहमा गएका कर्मचारीहरूको निवृत्तिभरण, सेवा सुविधा, विभागीय सजाय, राजीनामा दिए स्वीकृत गर्ने जस्ता विषय अन्योलमा परेका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक २०७५ माघ २७ गते तत्कालीन सरकारले संसद् सचिवालयमा दर्ता गरेको थियो ।


Top Post Ad

post bottom ads

Ads Bottom