Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति निर्वाचन : सुवासचन्द्र नेम्वाङ भर्सेस रामचन्द्र पौडेल - ब्राइटर खबर - Brighter Khabar

काठमाडौं ,   आज फाल्गुन १३ गते राष्ट्रपति पदका लागि उम्मेद्वार दर्ता गर्ने अन्तिम दिन  । पछिल्लो निर्वाचन पश्चात बनेका दुइ ठुला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसले राष्ट्रपतिको लागि उम्मेदवारको पक्कापक्की गरेका छन् । 

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई र  नेपाली काङ्ग्रेस ले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवारको रुपमा उभ्याउने पक्कापक्की भएको छ । 

निर्वाचनका लागि नेपाली काँग्रेसले पुरानो गठबन्दन ब्युँझाएको भन्दै आफ्नै दलको राष्ट्रपति बन्नेमा ढुक्क छ भने यता नेकपा एमालेले  पनि कांग्रेस बाहेकका दलहरू  सँग सहकार्य गरेर आगाडी बढ्ने जनाएको छ ।

राष्ट्रपति निर्वाचनको मिति फाल्गुन २५ गतेलाई तोकिएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom