Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घाइते भएका सांसद भण्डारीको बर्न सेन्टरमा उपचार हुँदै हृदयको चाल सामान्य- Brighter Khabar

 

बुधबार राति भान्साकोठामा ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । 

उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो ।

आज पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको जनाइएको छ ।

भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो ।

नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला घाइते हुनुभएको थियो । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom