Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्यास चुहावट हुनुका कारणहरु के के हुन् ? यस्तो दुर्घटनाबाट कसरी बच्ने? रोकथामका उपाय केके छन् त - Brighter Khabar


दैनिक खाना पकाउन प्रयोग हुने  ग्याँस सिलिण्डर राम्रो सँग  चेक जाँच नगर्नाले कहिलेकाँही ग्यास चुहिएर  सिलिन्डर पड्किने र  ठूलो धनजनको क्षति हुने गरेका  खबरहरू  सुन्नमा आइरहन्छन् । 

दैनिक रूपमा  उपभोक्ताको  केही न केही कमजोरी तथा गल्तिले ग्यास पड्किने सम्भावना हुने गर्दछ   । यदि हामीले केहि  सामान्य होसियारी अपनाउन सकियो भने मात्रै पनि  यसको जोखिमबाट सुरक्षित रहन सक्छौँ ।

ग्यास चुहावट पहिचानको एकदमै  ठूलो समस्या भनेको यो अदृश्य हुन्छ र कुनै संकेत वा लक्षण नदिइकन वातावरणमा फैलने गर्दछ  । 

थाहा पाईराख्नुहोस् ग्यास चुहावट कसरी हुन सक्दछ भनेर ; 

ग्यास चुहावट हुनुका कारणहरु    

-ग्यासमा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणको प्रयोगले 

-ग्यासको सिलिन्डर (रेगुलेटर) अफ नगरिनु 

-बिग्रिएका पुराना ग्यास पाइपहरु

-बिग्रिएका उपकरणहरु (ओभन, गिजर, बोइलर आदि)

-चुल्हो खुल्लै छाडि बेवास्ता गरिनु

-खुकुलो गरी फिट गरिएका ग्यासका पाइपहरु

- लामो समयसम्म प्रयोग नगरेको सिलिण्डर  र सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्दा 

कसरी बच्ने त  ? 

–सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् ।

–एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् ।

–सिलिण्डरलाई गुडाउनु हुँदैन ।

–सिलिण्डरलाई कहिल्यै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् ।

–भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस् ।

-कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन ।

-ग्यास रहेको ठाँउ नजिक झ्याल खुल्ला राख्नुहोस्

–सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। 

-नियमित रुपमा ग्यासजन्य सम्पूर्ण उपकरणहरुको जाँच गर्नुहोस् 

-चुल्होमा निलो रंगको आगो नबली पहेँलो वा सुन्तला रंगको आगो बलेमा प्राविधिकलाई बोलाएर देखाउनुहोस्  

-ग्यास प्रवाह हुने ठाँउबाट कुहिएको गन्ध आएमा सावधान रहनुहोस् 

-दैनिक रुपमा प्रयोग हुने सिलिण्डरमाथि दैनिक रूपमै ध्यान दिनुहोस्

अनि सुन्नुस त : 

'ग्यास चुहिएको जाँच गर्न कहिल्यै पनि सलाइको प्रयोग गर्दै नगर्नुस् ।'




Top Post Ad

post bottom ads

Ads Bottom