Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा हराइरहेका एक बालक मृत भेटिए - Brighter Khabar


पोखरा , ९ फाल्गुन ।  पोखरामा हिजो देखि हराईरहेका एक बालक मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित धारापानीबाट  अघिल्लो दिनदेखि हराईरहेका सुहान के सी मृत भेटिएका हुन्  ।
के सी घर नजिकैको पोखरीमा डुबेको अवस्थामा भेटिएको उनको परिवारले जनाएको  छ  ।
अघिल्लो दिन देखिनै घर नआए पछी उनको परिवारले खोजि गरिदिन प्रहरीलाई आग्रह गरेको थियो  ।
प्रहरीको आशंका पछि खोजि गर्ने क्रममा उनको शव नजिकैको खुडेपोखरीमा भेटिएको हो ।
ठूलीआमाकोमा बस्न गएका बालकको खेल्ने क्रममा ज्यान गएको छ । उनि  पोखरीमा माछा मार्न प्रयोग गरिने वस्तु पोखरीमा खसेको र उक्त वस्तु टिप्न खोज्दा पोखरीमा डुब्न गएको खबर प्राप्त भएको  छ   ।

Top Post Ad

post bottom ads

Ads Bottom