Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्रामीण सडक सञ्जाल सुधारका लागि सरकारले १ अर्ब १९ करोड बराबरको ऋण लिँदै - Brighter Khabar


पोखरा, २ फाल्गुन  ।

सरकारले  ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट  आठ करोड आठ लाख अमेरिकी डलर अर्थात  करिब रू एक अर्ब १९ करोड ऋण लिन लागेको जनाएको  छ । 

आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार अर्थमन्त्रालयले ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि  आठ करोड आठ लाख अमेरिकी डलर अर्थात  करिब रू एक अर्ब १९ करोड ऋण लिन लागेको जनाएको  हो । 

अर्थमन्त्रालयद्वारा सार्वजनिक गरीएको प्रतिवेदनमा  अतिरिक्त लगानीवापत सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा द्विपक्षीय वार्ताको चरणमा रहेको समेत  उल्लेख  छ ।

ऋण मात्र नभई विदेशी सहायता लिनका लागि पनि केहि विकास साझेदार र दातृ निकायहरुसँग सरकारले छलफल गरिरहेको समेत प्रतिवेदनमा उल्लेख  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom