Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डेबिजफल क्लबको नयाँ अधिवेशन सम्पन्न, विनम गुरुङको अध्यक्षतामा नयाँ समिती - Brighter khabar


दिपक सुवेदी , पोखरा , फाल्गुन ८ गते ।

पोखरा १७ छोरेपटनमा आस्थित  डेविजफल क्लबले आफ्नो अधिबेशन मार्फत  सर्वसम्मत  नयाँ समिती निर्वाचित गरेको छ । 

क्लबले    बिनम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा बिमल अधिकारी ,दित्तिय उपाध्यक्षमा प्रकाश पौडेल ,महासचिवमा दिपक सुवेदी ,सचीवमा गणेश जि.सि. ,कोषाध्यक्षमा अनिल प्रधानलाई निर्वाचित गरेको छ 

त्यसैगरी  सदस्यमा  राजन अधिकारी ,शर्मिला थकाली ,शिबम शाही,शिबिर श्रेष्ठ, बेद बहादुर थापा निर्वाचित भएका छन् ।

निर्वाचित भैसकेपछी कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष गुरुङले अबका क्लबका चुनौति र समस्यालाई हल गरेर यस क्लब जागरूकताका साथ अाफ्नो नामलाई शिरोपर गरेर अझै नमुना बनेर नाम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै महासचिव दिपक सुवेदिले  सबैको सल्लाह,सुझाव र समस्यालाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम पोखरा १७ कि वडा अध्यक्ष राधिका शाहीको प्रमुख आतिथ्यता र गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।


Top Post Ad

post bottom ads

Ads Bottom