Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि दर्ता भएका दलहरूको सूची - Brighter Khabar


चितवन, फाल्गुन १६ गते । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गराएका  छन् । आयोगका अनुसार आज  सम्म दर्ता हुने दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी,  एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले रहेका छन् ।

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तोकेको  थियो । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ । 

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । 

चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारि गरेको आयोगले  चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी र  चैत २२ गते सम्म  मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारि गरेको छ ।

निर्वाचन आयोगले जनाए अनुसार दर्ता गराएका दलहरु : 


  1. नेपाल मजदुर किसान पार्टी
  2. मंगोल नेसनल अर्गनाइजेसन
  3. राष्ट्रिय नागरिक पार्टी
  4. नेपाली कांग्रेस
  5. राष्ट्रिय जनमुक्ति पार्टी
  6. राष्ट्रिय जनमोर्चा
  7. नेकपा एमाले
  8. नेकपा माओवादी केन्द्र
  9. राष्ट्रिय स्वतन्त्र पार्टी
  10. नेकपा माओवादी समाजवादी
  11. नागरिक उन्मुक्ति पार्टी
  12. हाम्रो नेपाली पार्टी
  13. पुनर्जागरण पार्टी नेपाल
  14. मौलिक जरोकिलो पार्टी
  15. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
  16. नेपाली कांग्रेस(बी.पी.)
  17. राष्ट्रिय प्रजातन्त्र पार्टी
  18. जय जन्मभूमि पार्टी नेपाल

Top Post Ad

post bottom ads

Ads Bottom