Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा अचेत अवस्थामा भेटिएका पुरुषको ज्यान गयो, परिचय नखुलेपछि प्रहरीले सार्वजनिक गर्यो हुलिया - ब्राइटर खबर - Brighter Khabar

पोखरा , १३ फाल्गुन । 
पोखरा स्थित मालेपाटनमा आज बिहानै बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । परिचय नखुलेका उक्त पुरुषलाई अचेत अवस्थामा भेटेपछि प्रहरीले पस्चिमाञ्चल अस्पताल पुर्याए पनि केहि समय पछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 
अन्दाजी ३५ बर्षीय जस्तो देखिने उक्त पुरुषको  स्पष्ट परिचय नखुलेपछि प्रहरीले  उसको हुलिया  सार्वजनिक गरेको छ । खरानी रङ्गको घुँडा सम्म आउने पैन्ट संगै कोठे स्वेटर र टिसर्ट लगाएका उक्त पुरुषको उचाइ करिब  ५ फिट ४ इन्च रहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार  उनका शरीरका धेरै जसो भागमा ट्याटु खोपिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाउँदै  प्रहरीले कुनै आफन्त वा चिनजानको व्यक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत आग्रह गरेको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom