Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पाेखरा थिएटरमा आतुरकाल - Brighter khabar

 

पोखरा , ९ फल्गुन | पाेखरा थिएटरकाे गन्धर्व नाटक घरमा यतिबेला आतुरकाल नाटक मञ्चन भइरहेको छ । इन्द्रणी थिएटरकाे प्रस्तुति आतुरकाल नाटक पोखरेली नाट्यकर्ममा सक्रिय सर्जकहरूको अर्को एउटा विशेष नाट्य प्रस्तुतिको रुपमा प्रस्तुत भएकाे पाइएकाे छ । 

केदारनाथ पाैडेलद्वारा लिखित नाटककाे निर्देशन कपिल शर्माले गरेका हुन् । लक्ष्मण डुम्रेकाे सह निर्देशनमा बनेकाे नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल,ज्योति हमाल लगायतले अभिनय गरेका छन् । फागुन ५ गतेदेखि मञ्चन सुरुभएकाे नाटक ११ गतेसम्म चल्नेछ । 

हरेक दिन बेलुकी ५ बजे मञ्चन हुँदै आएकाे साे नाटक दर्शकहरुले निकै रूचाएकाे पाइएकाे छ।

Top Post Ad

post bottom ads

Ads Bottom