Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली प्रमाणपत्रका आधारमा न्यायधिस - Brighter Khabar


न्यायाधीश ओमकारप्रसाद उपाध्यायको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भेटिएको छ । जिल्ला अदालत तनहुँमा कार्यरत न्यायाधीश ओमकारप्रसाद उपाध्यायको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भेटिएको हो  । 

उपाध्यायले न्यायाधिसको रुपमा काम गर्नका लागि परिषद्मा पेस गरेको व्यक्तिगत विवरणमा स्नातक तहको स्थायी प्रमाणपत्र पेस नगरिकन कानपुर विश्वविद्यालयको प्रोभिजनल सर्टिफिकेट मात्र पेस गरेको भेटिएको हो  ।

गम्भीर प्रकारका अपराधका मुद्दामा समेत हचुवाका भरमा निर्णय लिने उनले मुलुकी ऐनको व्यवस्थाविपरीत आर्थिक लाभ लिएर धरौटीमा रिहा हुने आदेश दिने गरेको समेत भेटिएको हो ।

उनि २०५० असार १ गते  देखि  नक्कली प्रमाणपत्रका साथ न्याय सेवामा प्रवेश गरेका तथ्य प्रमाणित भएको हो । 

उनको प्रमाणपत्रसहित उजुरी परेपछि परिषद्ले गम्भीर छानबिन अघि बढाउँदै न्याय परिषद्मा २०७५ असारमा  झिकाइएको थियो। न्याय सम्पादनका क्रममा विवादमा परेर गम्भीर छानबिन र कारबाही हुने मेसो पाएपछि  राजीनामा दिई उम्कने दाउमा उपाध्याय लागेका थिए ।

संबिधानमा  न्यायाधीशको पदबाट राजीनामा दिएपछि स्वीकृत गर्न नपर्ने व्यवस्था रहेको भएपनि न्यायपरिषद्ले उनमाथि गरेको  छानबिनबाट उनको प्रमाणपत्र नै नक्कली भएको तथ्य बाहिरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र राखी भ्रष्टाचार गरेको र पदीय कर्तव्यबाट च्यूत भएको साथै  कार्यसम्पादनको शैली अव्यवहारिक भएको आरोपमा न्यायपरिषद्ले छानबिन समिति गठन गरेको थियो  । त्यस लगत्तै  उपाध्याय निलम्बनमा परेका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom