Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक यौन शोषण गरेको आरोपमा पक्राउ - Brighter Khabar

 

फागुन १६ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित ‘कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी’ सञ्चालन गरी बस्दै आएका  ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङलेलाई यौन शोषण गरेको आरोपमा पक्राउ गरेको छ ।

उनले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।

 प्रहरीका अनुसार उनले नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाई  यौन शोषण गर्ने गरेको पाइएको छ ।

काठमाडौँ ल्याएका बालिकालाई मिङले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले व्यहोर्ने गरेको पनि प्रारम्भिक अनुसन्धान बाट  खुलेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको  छ ।

 प्रहरीका अनुसार झापा, कास्कीलगायत  जिल्लाबाट आएका छ बालिकाको उद्धार गरिएको पनि उहाँले बताउनुभयो । सिआइबीले मिङमाथि थप कारबाहीका लागि ललिपुर प्रहरीमा बुझाएको छ । 

नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मिङलाइ काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

मिङको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom