काठमाडौं , माघ २१ गते । पुरानो बानेश्वरमा बाबु छोरी मृत भेटिएका छन् ।
रामेछाप घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएकाकिशोर भण्डारी र उनकी छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
आफ्नो कोठामै मृत भेटिएका बाबुछोरीको मृत्युको यथार्थ कारण पत्ता नलागेपनि बाबुले छोरीको हत्या पछि आँफु पासो लगाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान रहेको छ ।
छोरी घाँटी रेटिएको अवस्थामा र बाबु चाँही पासो लगाएको अवस्थामा भेटिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।