Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काली गण्डकीमा यात्रुबाहक बस खस्दा १८ जना घाइते - Brighter Khabar


म्याग्दी, ३ फाल्गुन  । म्याग्दी कोरला यातायातको बस आज काली गण्डकी नदीमा खस्दा १८ जना यात्रु घाइते भएका छन्  । जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खस्दा १८ यात्रु घाइते भएका हुन् ।

बस थासाङ गाउँपालिका –३ घम्पुबाट गाडी कालिगण्डकी नदिमा खसेको स्थानीयले बताएका छन् । घाइते ५ जना सामान्य उपचार पछि घर फर्के पनि बाँकी सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र रिफर गरिएको खबर प्राप्त भएको  छ ।

केहि यात्रुका अनुसार खलासीले गाडी चलाउँदा दुर्घटना हुन पुगेको भनिए पनि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

दुर्घटनाको खबर प्राप्त गर्नासाथ नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom