Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छाला र वन्यजन्तुको हड्डीसहित दुई जना पक्राउ - Brighter Khabar


फाल्गुन ७, प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानी  कैलालीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका-३ टुक्की बजारबाट पक्राउ पर्नेमा अछाम विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका–४ का ५० वर्षीय तुलबहादुर खत्रीलाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट प्रहरीले  सात फिट १० र चौडाई चार फिट सात इन्च भएको चितुवाको एक थान छाला सँगै वन्यजन्तुको दुई किलो ९५० ग्राम हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले  चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाइकलमा पछाडि सवार खत्रीले जेब्रा झोलामा चितुवाको छाला र हड्डी भेटिएको हो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom