Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवलपुर बस दुर्घटनामा ७ जना घाइते - Brighter Khabar


नवलपुर , १४ फाल्गुन ।  नवलपुर स्थित चालिसकिलो भन्ने स्थानको जंगलमा बस पल्टिदा ७ जना यात्रु घाईते भएका छन् ।

बुटवलबाट काँकरभिट्टा तर्फ जादै गरेको लु.१ ख.८५९२ नंम्बर को बस सडक बाट ४ फिट तल पल्टिँदा ७ जना  घाइते भएका हुन्  । प्रहरीका अनुसार बसमा३९ जना सवार थिए ।
नवलपुरको  कावासोती १६ चालिसकिलो जंगलमा बस पल्टिदा ७ जना यात्रु घाईते भएका छन् ।

घाईतहरु मध्य रुपन्देही तिलोत्तमा न.पा.७ भलवारी वस्ने वर्ष ५४ वर्षकी फुलमाया खड्का,सुनसरी हरिनगर गा.पा.४ वस्ने वर्ष ३० का दिपेन पाल, ईटहरी उपमहानगरपालिका १३ वस्ने वर्ष २३ का प्रविण कुमार चौधरी, कोशी गा.पा.२ वस्ने वर्ष २३ का सन्तोष साहु, गढी गा.पा.वडा नं: ५ वस्ने वर्ष ३० का दिनेश यादव र कोशी गा.पा.३ वस्ने वर्ष ३० को राजेश कुमार यादवको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई रहेको भए पनि
सप्तरी राजविराज न.पा.वडा नं: २ वस्ने वर्ष २५ वर्षका शैलेन्द्र कुमार दास ,ईलाम दमई न.पा.६ वस्ने वर्ष २५ वर्षका गोपाल भट्टराईलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको जनाइएको  छ ।

बस चालकलाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom