अघिल्ला दिनको तुलनामा भने कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।
यता सरकार र आन्दोलनरत यातायात मजदुरबीचको वार्ता सिंहदरबारमा सुरु भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै उपत्यकामा सवारी साधन बन्द गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गरेको हो ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि आव्हान गर्नुभएको थियो ।