आज बिहान पोखराको पृथ्वीचोकमा ना ८ ख ५२५१ नबर प्लेट भएको बसले ग १५ प २४७६ नम्बर प्लेट भएको स्कुटरलाई ठक्कर दिदा घाइते भएकी स्कुटर चालक २७ बर्षीय रेजीना आचार्यको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहानको करिब ९:१५ तिर भएको दुर्घटनमा घाइते भएकी आचार्यलाई पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायीक अस्पतालमा लागिएको थियो ।
कसरी दुर्घटना भयो भन्ने यथार्थ नखुले पनि बस चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।