Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुक बजारको आयोजनामा खुल्ला प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता हुँदै - Brighter Network


पोखरा , बुक बजारको आयोजनामा पोखरामा प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता हुने भएको छ । लेखन कलाको सैद्दान्तिक र व्यावहारिक ज्ञान दिने उद्देश्यका साथ बुकबजारले फाल्गुन १ गते देखि ४ गते सम्म प्रथम खुल्ला प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो  ।
दुई चरण गरेर  सम्पन्न हुने  प्रतियोगितामा प्रत्येक कक्षाका १० जना विद्यार्थीहरूलाइ प्रमाणपत्र , मेडल र आकर्षक पुरस्कारको व्यवस्था समेत रहेको कार्यक्रमका संयोजक शेर बहादुर क्षेत्रीले बताउनुभयो । संयोजक क्षेत्रीका अनुसार  भविष्यमा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिता समेत गर्ने योजना लिएको र  उत्कृष्ट १० जनाको हस्तलेखन सहितको स्मारिका पुस्तिका समेत प्रकाशन गरिने छ ।
विद्यालयहरूले कक्षागत रुपमा सहभागीता जनाउनु पर्ने सो कार्यक्रममा हस्तलिखित  पुस्तिका फाल्गुन ५ गते भित्र आयोजकलाई बुझाइसक्नु पर्नेछ । जसमा अन्तिम प्रतिस्पर्धामा आयोजकले नमुना सहितको पुस्तिका उपलब्ध गराउने भएपनि सुरूमा   बिषयवस्तु विद्यालय आँफैले तयार गर्न  सक्ने छन् भने  अंग्रेजी र नेपाली विधामा कम्तिमा ८ लाइन र बढीमा १० लाइन लेखिएको हुनेपर्ने छ  । 
मूल्यांकनमा ५० अंक छुट्याइएको उक्त प्रतियितामा कक्षा १ देखि ४ सम्म चार धर्के कापीमा सिसाकलम र ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुले कालो मसि प्रयोग गर्न सक्नेछन । 
शेरबहादुर क्षेत्री संयोजक र नविन कुमार अधिकारी सूचना अधिकारी रहेको उक्त कार्यक्रममा बाबुराम पन्त ,दिनेश श्रेष्ठ , विश्वराज बास्तोला र  हिम बहादुर पौडेल क्षेत्री सल्लाहकारमा रहनु भएको छ भने सदस्यहरुमा पुष्पराज पौडेल, सालिकराम अधिकारी , निरञ्जन थापा, लेकमाया पुन, प्रकाश पौडेल , रेशम देवकोटा र बिनोद सापकोटा रहनुभएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom