Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा महानगरद्वारा बेरोजगार निवेदन आह्वान , कसरी दिने निवेदन ? - Brighter Network


पोखरा , माघ २५ गते  पोखरा महानगरले बेरोजगार निवेदन आह्वान सम्बन्धि सूचना जारि गरेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५, सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार महानगरले बेरोजगार निवेदन आह्वान सम्बन्धि सूचना जारि गरेको हो।

महानगरका अनुसार   १८ बर्ष देखि  ५९ वर्ष उमेर समुहका  आर्थिक वर्ष  २०८०/०८१ मा न्यूनतम रोजगारीमा आवद्ध भई सामुदायिक तथा अन्य विकास निर्माणका आयोजनामा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले आवेदन दिन सक्नेछन । 

त्यस्तै निवेदनको नमुना महानगरको वेव साइट( www.pokharamun.gov.np) बाट प्राप्त गर्न सकिने समेत सूचनामा उल्लेख छ  ।  बेरोजगार व्यक्तिको परिवारले दिने निवेदनमा निवेदक र निजको परिवारको सम्पूर्ण विवरण पुर्ण, यथार्थ, स्पष्ट र वडा कार्यालयबाट प्रमाणित भई आएको हुनु पर्ने र त्यसो नभएमा अपूर्ण र झुट्टा निवेदन रद्द गरिनेछ समेत सूचनामा जनाइएको छ ।

सूचना जारी गर्दै महानगरले भनेको छ : 

 ''रोजगारीको हक सम्बन्धी ऐन, २०७५, सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका , २०७५ (पहिलो संशोधन, २०७७ सहित) बमोजिम १८ बर्ष देखि  ५९ वर्ष उमेरका आ व २०८०/८१ मा न्यूनतम रोजगारीमा आवद्ध भई सामुदायिक तथा अन्य विकास निर्माणका आयोजनामा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले आफू बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा २०७९ फाल्गुन मसान्त भित्र निवेदन फाराम दिई सक्नु पर्ने व्यवस्था भएको जानकारी गराइन्छ । निवेदनको ढाँचा पालिकाको वेभसाइट www.pokharamun.gov.np बाट डाउनलोड गर्न सक्नुहुनेछ । यस कार्यक्रम मार्फत वार्षिक १०० दिनको न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायरा भित्र ल्याउन सहयोग पुर्याउने लक्ष्यलाई विवादरहित, निष्पक्ष र सफल पार्न बेरोजगार व्यक्तिको परिवारले दिने निवेदनमा निवेदक र निजको परिवारको तपसिलका सम्पूर्ण विवरण पुर्ण, यथार्थ, स्पष्ट र वडा कार्यालयबाट प्रमाणित भई आएको हुनु पर्नेछ अन्यथा, अपूर्ण र झुट्टा निवेदन रद्द गरिनेछ । तपसिल :

१. निवेदक सहित निजका परिवारको सम्पूर्ण सदस्यहरूको नागरिकता वा जन्म दर्ता प्रमाण पत्र अनुसारको सहि र स्पष्ट विवरण नाम, नागरिकता नं, जन्म मिति, जारी जिल्ला जारी मिति

२. निवेदक संग निजका परिवारको सम्पूर्ण सदस्यहरूको नाता, रोजगारीको अवस्था र सामाजिक

सुरक्षा भत्ता वा अन्य सरकारी सुविधा लिए नलिएको विवरण

३. निवेदकको परिवारको सम्पूर्ण बेरोजगार सदस्यहरूको मात्र सीप, दक्षता र शैक्षिक योग्यता

४. निवेदकको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ५. नागरिकतामा भन्दा फरक ठेगाना भएमा विवाह दर्ता वा बसाइसराइको प्रमाणित प्रतिलिपी

६. निवेदकको बैंकको खाता विवरण र वार्षिक पारिवारिक आम्दानी''

Top Post Ad

post bottom ads

Ads Bottom