Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको हवाई उडान सुरक्षित नै रहेको प्रमाणित गर्न चाहान्छौँ : मुख्यमन्त्री अधिकारी - Brighter Network


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले  पोखराको हवाई उडान सुरक्षित नै रहेको प्रमाणित गर्न चाहेको बताएका छन्  । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पोष्ट शेयर गर्दै पोखराबाट गरीने हवाई उडान सुरक्षित रहेको र सो कुरा प्रमाणित गर्न चाहेको बताएका हुन् ।

'हामि हवाई उडान सुरक्षित छ भन्ने प्रमाणित गर्न चाहन्छौँ ' अधिकारीले पोष्ट शेयर गर्दै भनेका छन् ।

आँफु पोखराबाट काठमाडौं जाँदै गर्दा फेसबुकमा फोटो सहितको पोष्ट मा सो कुरा व्यक्त गरेका हुन् ।

पोखरामा हालसालै  भएको  यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या ३८ प्रतिशतले घटेको छ   । पोखरामा भएको  अहिलेसम्ममकै ठूलो हवाई दुर्घटना पश्चात  सर्वसाधारणमा त्रासका कारण  हवाई यात्रामा निस्कनेहरुको संख्यामा तुलनात्मक रुपमा कम देखिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom