Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वेल्सका मेयर मेरिडिथ र पोखरा महानगरका प्रमुख आचार्यबिच भेटघाट -Brighter


पोखरा, कास्कीको धम्पुस र वेल्सको ब्रेकन सहर बिच भगिनी सम्बन्ध स्थापना भएको चौथौँ वर्ष मनाउन पोखरा आउनुभएका ब्रेकन सिटी वेल्सका मेयर डेभिड मेरिडिथले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गर्नुभएको छ । 

ब्रेकन धम्पुस ट्युनिङ एसोसिएसनका अध्यक्ष समेत रहेका मेयर डेभिडले पोखरालाई आफ्नो दोस्रो घर भन्नुभयो । पोखरेलीहरूको आतिथ्यता र पोखराको सुन्दरता संसार मै उत्कृष्ट र भिन्न रहेको आफूले पाएको उहाँले उल्लेख गर्नुभयो । आफू यसअघि पनि पटक पटक पोखरा आएको स्मरण गर्दै ब्रेकन टाउन काउन्सिलको मेयर भएपछि पहिलो पटक आएको बताउनुभयो ।

पोखरा र ब्रेकन टाउन बिच सहकार्यका थुप्रै सम्भावनाहरू रहेको बताउँदै उहाँले पर्यटन, संस्कृति र सार्वजनिक सरोकार तथा महत्त्वका विषयहरूमा समन्वय तथा सहयोग आदान प्रदान गर्न सकिने बताउनुभयो । वेल्सका पर्यटकहरूलाई पोखरा भ्रमणका लागि संसार मै एक उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश आफूले प्रवाह गर्ने विश्वास दिलाउनुभयो । 

सो क्रममा मेयर आचार्यले ब्रेकन टाउन काउन्सिलका मेयर डेभिड सम्मिलित वेल्सको टिमलाई पोखरामा स्वागत सहित महानगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो । मेयर डेभिड नेतृत्वको टोली भोलि कास्कीको धम्पुस जानेछ

Top Post Ad

post bottom ads

Ads Bottom