सो स्थानका विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इट्टाले बनेको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
आगजनीबाट दुईतले घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री, धनमालसमेत जल्दा करिब २० लाख बराबरको क्षति भएको पीडित पक्षले जनाएको छ ।
आगलागी विदुर नगरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयवासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । सुख्खायाममा आगजनीका घटनाहरु बढिरहेका कारण होसियारी र सजकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।