Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आइओसी बाट नेपाल ल्याइएको चार ट्याङ्करमा मिसावटयुक्त डिजेल भेटिएपछि - Brighterkhabar


फाल्गुन १५,   इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नेपाल  ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएको छ  । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएको हो ।

आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग  सोधपुछ गरिसकेको  बताउँदै  नेपाल आयल निगमको टोलीले आजदेखि  सो समबन्धमा छानविन थाल्ने जनाएको छ । 

फागुन १० गते सिलिगुढीबाट नेपाल ल्याइएका  चार वटा ट्याङ्करमा  ८० हजार लिटर डिजेलमा मिसावट भएको हुन सक्ने निगमले जनाएको  छ । निगमका अनुसार  नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे१ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सका नाममा रहेको ना७ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको  छ ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको उच्चस्तरीय  छानविन समितिले आजदेखि छानविन थालिसकेको छ  ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्याङ्करको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ ।  भारतबाट ट्याङ्करमा ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ ।

नवदुर्गा आयल स्टोर्सको ट्याङ्करमा आएको सो तेल  भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको तर  चारआलीस्थित निगमको कार्यालयले  मापन गर्दा यसको  घनत्व आठ सय १३ किलो प्रतिघनमिटर पाएको निगमले जनाएको छ  ।  डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशङ्का गरिएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom