Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उच्च अदालत पाेखराले दियो पल शाहलाई सफाइ - ब्राइटर खबर


पोखरा, १४ फाल्गुन ।   बालयाैन दुराचारकाे मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले सफाइ दिएकाे छ । 

आइतबार  उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् । 

नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहलाई नवलपुर जिल्ला अदालतले  बाल यौन दुराचारकाे अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको  थियाे ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom