Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा सर्वसम्मत - ब्राइटर खबर - Khabar


काठमाडौं , १३ फाल्गुन । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन् ।

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघि देखि तल्लीन थापा मगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा  कुलेन्द्र  बिक , पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी,  पूर्णकला विसी, शंकर को उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् । उपमहासचिवमा हरि डाँगी, सिरिष देबकोटा , (प्रशासनिक)  सचिब जिबन  दाहाल ,  सचिब  (सांगठनिक)  पिएन  सापकोटा 

र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएकी छिन् भने सह सचिव (प्रशासनिक)मा सञ्चारकर्मी राज कुमार रायमाझी  सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ ।

तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा केही दिन अघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुल्ला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन । सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुन सक्ने बताइएको छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुल्ला गरिएको थियो । सर्वसम्मत नभएका पदको आज अबेरसम्म भए पनि मतदान गराइने निर्वाचन समितिले जनाएको छ

Top Post Ad

post bottom ads

Ads Bottom