Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गजल : सपना हजार बाँकी दिल भित्र नै लिखित छ- Sirjana Dhakal

 

गजल

सपना हजार बाँकी दिल भित्र नै लिखित छ

मान्छे हो देह भन्छन सारा जगत भ्रमित छ।


भन्छन् घमण्ड होला देख्नेहरू कसैले

बोली गएसि" खेर  यो मौनता उचित छ


माया  मरेछ था"भो  साच्चै  असर देखायौ

मार्‍यौ तिमीले के भो! पलपल ममा जीवित छ


पर्खाइमा  के राख्यौ कसले देख्यो र भोलि!

यो जिन्दगीको यात्रा सबको यहाँ सीमित छ


कस्तो हो यो समर्पण! धोका दिने के बुझ्ला

 साँचो पियारमा  नै  हार्ने  समेतले  जित्छ 


कहिल्यै  सफल भईन, बिर्सन्छु नै  भने नि

तिम्रो यो यादको लत छाती भरि जडित छ


कस्ता उराठलाग्दा दिन रात साँझ आए, 

कसको अधीन भित्र मौसम यसै ग्रसित छ!

   -  सृजना ढकाल, पोखरा

Top Post Ad

post bottom ads

Ads Bottom