Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा दुई बर्ष अगाडि चोरी भएको मोटरसाइकल भेटिएपछि - Syangja Update

स्याङ्जा , माघ २२ 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले   हराएको मोटरसाईकल फेला पारी मोटरसाइकल धनिलाइ बुझाएको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ६ टक्सार बस्ने नारायण पौडेलको मोटरसाइकल हराएकोमा प्रहरिले पौडेलको मोटरसाइकल फेला पारी बुझाएको हो ।

पौडेलको २२० सि.सि. को ग.१२प. ७१२० नं. को मोटरसाईकल मिति २०७७ साल ०७ महिना ०१ गतेबाट हराएको थियो ।

प्रहरीले मोटरसाइकल  खोजतलास गरी फेला पारी निज मोटरसाईकल धनिका भाई विश्वराज पौडेललाई बुझाएको हो  ।

Top Post Ad

post bottom ads

Ads Bottom