Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भोलि स्याङ्गजा वालिङमा सार्वजनिक बिदा - ब्राइटर खबर


स्याङ्जा , १४ फाल्गुन 

स्याङ्गजा स्थित वालिङ नगरपालिकाले भोलि एक दिनलाई सार्वजनिक विदा दिएको छ । वालिङ नगरपालिकाको कार्यपालिकाले भोलि फाल्गुन १५ गते मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक सूचना मार्फत जानकारी दिएको छ । 

यो सँगै भोलि नगर भित्रका सम्पूर्ण विद्यालय, सरकारी कार्यालय, संघ संस्था र बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने छन् ।  

'कार्यपालिकाको निर्णय अनुसार मिति २०७९ साल फागुन १५ गते राष्ट्रिय मगर एकता दिवसको दिन वालिङ नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालय, सरकारी कार्यालय, संघ संस्था र बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिन्छ  । ; सूचनामा भनिएको छ । 

मगर महासंघले केहि दिन अघि देशव्यापी रुपमा सार्वजनिक विदा दिनुपर्ने माग सरकार समक्ष राखेको थियो ।



Top Post Ad

post bottom ads

Ads Bottom