Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फाल्गुन १२ गते त्रिभुवन विश्व विद्यालयका सबै आङ्गिक क्याम्पस बन्द रहने - TU Notice


काठमाडौं , ११ फाल्गुन ।  त्रिभुवन विश्वविद्यालयले भोलि देशभरका आङ्गिक क्याम्पसहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७९ फागुन १० गतेको बैठकको निर्णय अनुसार विदा दिने निर्णय गरेको त्रि वि ले जनाएको छ । सूचना जारी गर्दै त्रिवि सो दिन शोक बिदा दिएको हो । 

"आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको २०७९ फागुन ८ गते भएको दुःखद् निधनमा शोक व्यक्त गर्न २०७९ फागुन १२ गते शुक्रबार एक दिन बिदा दिइएको जानकारी गराइन्छ" त्रि वि ले भनेको छ । 

साथै सो दिन पूर्व निर्धारित परीक्षाहरु भने यथावत् सञ्चालन हुनेछन् ।

सूचनामा भनिएको छ : 

"त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७९ फागुन १० गतेको बैठकको निर्णय नं. १८६३ अनुसार त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको २०७९ फागुन ८ गते भएको दुःखद् निधनमा शोक व्यक्त गर्न २०७९ फागुन १२ गते शुक्रबार एक दिन पूर्व निर्धारित परीक्षाहरु यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा कार्यालयहरु बन्द गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।"

Top Post Ad

post bottom ads

Ads Bottom