Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रास्वपा को गण्डकी प्रदेश संयोजकमा राजन गौतम

 

फागुन १८


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश संयोजकमा राजन गौतम चयन भएका छन् । 

पार्टीले सातै प्रदेशमा प्रदेश समिति गठन गर्नेक्रममा गौतमलाई गण्डकी संयोजक चयन गरेको हो । 

गण्डकीमा ५० सदस्यीय प्रदेश कमिटी रहेको छ । कमिटीमो कास्कीका अशोक खड्का महामन्त्री छन् भने गौतम नवपुर निवासी हुन् । 

यसैगरी प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिनाले जिम्मेवारी पाउँदा मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन् भने सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।  पार्टीको आगामी महाधिवेशनसम्मका लागि प्रदेश कमिटी गठन गरिएको एक नेताले बताए ।

Top Post Ad

post bottom ads

Ads Bottom