Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवदीपले मनायो ३१ औँ वार्षिकोत्सव


फागुन ,  पोखरा-१०, शिवचोकस्थित नवदीप इङ्लिस बोर्डिङ स्कुलले स्थापनाको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न गरेको छ ।


विद्यालयका संस्थापक गीतकार तथा समाजसेवी एकेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्‍घाटन साहित्यकार सरुभक्तले गरेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका उनले शिक्षालयहरूले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिए ।


विद्यालयकी प्रिन्सिपल कौशल्या गुरुङले कठिन परिस्थितिमा पनि नवदीपप्रति अभिभावकले दिएको विश्वासका कारण विद्यालयले प्रगति गरेको बताइन् । कोरोना कालमा विद्यालय गरेका असल अभ्यासहरूको चर्चा गर्दै विद्यार्थीको हितका लागि शिक्षक,कर्मचारीले गरेको सहयोग र सत्प्रयासप्रति आभार प्रकट गरिन् ।


प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले आजका बालबालिकामा नवदीपले जगाएको सांस्कृतिक मोहको खुलेर प्रशंसा गरे ।


कार्यक्रममा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई संस्थापकहरू मगन श्रेष्ठ, आशिष गुरुङ, चित्रकुमार गुरुङ, हिसानका दिवाकर जैसी, प्याब्सनकी उपाध्यक्ष उमा लामिछाने, नीलगिरी बोर्डिङ स्कुलकी रामु गुरुङ, तुम धीँकी संस्थापक अध्यक्ष कर्मा गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सरोज खनालले गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom