Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कर्मचारी अवकाशको उमेरहद ६० वर्ष बनाउने तयारी

पोखरा, फागुन २५

सरकारी कर्मचारी अवकाशको उमेरहद ६० वर्ष बनाउने तयारी सरकारले गरेको छ।

 यस बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ । मन्त्रालयले छिट्टै विधेयक  संसद्‌मा दर्ता गर्ने तयारी गरेको हो । 

यसअघिको संसदमा कर्मचारीको उमेरहद ५८ राख्ने कि ६० राख्ने भन्ने विवाद रहेकोमा विधेयकमा अवकाश  उमेरहद ६० वर्ष  राख्ने  तयारी गरिएको  छ ।

बुधबार मन्त्रालयमा पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल माेदीले विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको  जानकारी दिँदै  छिटै संसदमा दर्ताको तयारीमा रहेको बताए । 

उनले संघीय निजामति सेवा ऐन अहिलेका कर्मचारीका लागि  बनाउने नभई अब आउने कर्मचारीको सुव्यवस्थाका लागि बनाउन लागेको जनाए ।

Top Post Ad

post bottom ads

Ads Bottom