Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको फेदी खोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने- Brighgter Khabar


स्याङ्जा , ६ चैत  हिमशिखर क्लबको आयोजनामा स्याङ्जाको फेदी खोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
क्लबले चैते दसैँ मेलाको अवसरमा चैतको १३ देखि १६ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।

आयोजकले  २० भन्दा बढी टोलीको सहभागिता रहने दाबी गरेको उक्त प्रतियोगिताको प्रथम हुने समूहले  एक लाख ११ हजार एक सय ११ र दोस्रो हुने समूहले  ७१ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउनेछन् । 

सोही अवसरमा  ४० वर्ष भन्दा माथिका खेलाडीहरूको भेट्रान्स खेल समेत आयोजकले जनाएको छ । जस तर्फको विजेता समूहले खसी प्राप्त गर्ने छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom