म आठ वर्षकी थिएँ। मेरो ठूल्दाई थाइल्यान्ड बाट फर्कँदा मलाई छोटो छोटो स्कर्टहरू र घाँघर लिएर आइदिनु भएको थियो। दसैँ सकिएर तिहार लागेको थियो। म सधैँ उहाँले लेराइदिनु भएको छोटो छोटो लुगा लगाउँथेँ। मलाई चिसोले खोकी लाग्दै थियो। पहिला निमोनिया भएको कारणले गर्दा फेरि पनि निमोनिया होला भन्ने डरले मेरो ठूल्दाईले बाक्लो दौरा सुरुवाल सिलाउन लगाउनु भयो।म लगाउँदिन भन्दै थिएँ उहाँले जबरजस्ती सिलाउन हालिदिनु भयो।उहाँ बिरामी पर्नु भयो । टिचिङ हस्पिटलमा भर्ना हुनुभयो तर स्वास्थ्यमा सुधार आएन।
म भेट्न गएको बेलामा सिलाउन हालेको दौरा सुरुवाल लगाएर आउनु भन्नू भयो।लक्ष्मी पूजाको दिन थियो त्यही लगाएर म भेट्न गएँ।उहाँ सिकिस्त भइसक्नु भएको थियो। म उहाँको नजिक गएँ।मेरो दौरा खोलेर हेर्नू भयो।सिलाउने मान्छेले भित्र तुना हालिदिन बिर्सेको रहेछ।उहाँले घर गएर हाल्न लगाउनु भन्नू भयो। पर जाऊ भन्नू भयो फेरि नजिक आऊ भन्नू भयो।हरेक कोण बाट नियाल्नु भयो।दादाको नजिक बसेँ। उहाँले सोध्नुभयो `तिमीलाई मेरो माया कति लाग्छ?´म `धेरै भन्थे´´त्यसो भए मेरो गालामा माया गर भन्नू भयो। मैले गरेँ। उहाँले पनि गर्दै ``नेपालीको छोरी हो तिमी,नेपाली भएर बाँच्नु पर्छ। घर जाऊ म भाइटिकाको दिन घर आउँछु भन्नू भयो।
भाइटिकाको दिन हाम्रो घर भरी मान्छेको हुल थियो। मैले सोचेँ घरमा चोर आएर जम्मा हुनु भएको होला।एक दुई जनालाई सोधेँ `हाम्रो घरमा चोर आएको हो?´तर उहाँहरू गाला सुमसुम्याउनु बाहेक केही बोल्नु हुन्थेन।हस्पिटल बाट ठुल्दाई घर आउने भएर म फुरफुर थिएँ।
घर अगाडीको ठुलो बाटोमा दुबो टिप्दै थिएँ ।दादा आउने बाटो हेर्दै थिएँ तर मेरो ठूलोबुवा सेतो लुगा लगाएर हातमा कमण्डलु जस्तो बोकेर आउनु भयो।दौडेर गर गएँ।घरमा रुवाबासी थियो।त्यसपछि मलाई केही थाहा भएन। होसमा आउँदा मलाई अम्बिका दिदीले ग्लुकोज पानी पिलाइराख्नु भएको थियो।
मेरो दाइ टिचिङ हस्पिटलमै हुनुहुन्छ भन्दै त्यति सानो उमेरमा भागेर हस्पिटल जाँदा मेरो सान्दाईले धेरै पटक खोज्दै बाटोबाट समातेर लेराउनु हुन्थ्यो।आज २बजे राती सपनामा मेरो ठुल्दाई आउनु भएर त्यही अन्तिम संवाद दोहोराउनु भयो।``कान्छू तिमी नेपालीको छोरी हौ,नेपाली बनेरै बाँच्नु पर्छ।हिम्मत हार्नु हुन्न कहिले´´।
हजुर जहाँ भए पनि मेरो मनभित्रै बाँचिरहनु भएको छ केवल भौतिक शरीर मात्रै दुरी छ।
मिस यु ठुल्दाई ...💞💞💞
(गोमा ढकालको वालबाट जस्ताको त्यस्तै )
-गोमा ढकाल , हाल अष्ट्रेलिया