Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा चितुवाको आक्रमणबाट दुई जना घाइते - Brighter khabar


पोखरा , १ चैत ।  पोखरा महानगरपालिका १८ भकुण्डेस्थित एक कालिज फार्ममा चितुवाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।

स्थानीयहरूले सामूहिक रूपमा सञ्चालन  गर्दै आइरहेको उक्त फार्ममा चितुवाले आज बिहान करिब सवा सात बजेतिर  आक्रमण गर्दा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिम्सिना घाइते भएका हुन्  ।

सामान्य घाइते भएका उनीहरूको पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार  भइरहेको छ । 

आक्रमण गर्ने चितुवा भने मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom