Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वित्तीय संस्थाले घटाए ब्याजदर - Brighter Khabar


फागुन ३०, नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे सँगै  वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीले बुधबारेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्। बैङ्क तथा वित्तीय संस्थाले आज एक  सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

 सङ्घले भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो  ।

हाल बैङ्कहरूले कर्जामा आधार दरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेको भए पनि  अब एक प्रतिशत घटेपछि आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको भए पनि अब  निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् ।   

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यता विकास बैङ्कहरूको छाता सङ्गठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने संस्थागततर्फ नौ प्रतिशत र ‘रेमिटेन्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएकोमा अब भने  सङ्घको निर्णयअनुसार विकास बैङ्कहरूले चैत महिनादेखि एक वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम हुनेछ । 

यसै गरी, ब्याजदर घटाएसँगै विकास बैङ्कहरूले चैतमा एक वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

Top Post Ad

post bottom ads

Ads Bottom