Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति निर्वाचनको तयारी पुरा - Brighter Khabar


काठमाडौं, राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन भोली हुदैछ । राष्ट्रपति निर्वाचनका लागि वानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ । 

संघ र प्रदेश सभाका सदस्यहकालागि मतदान गर्न वेग्ला वेग्लै मतदान केन्द्र निर्माण गरिएको निर्वाचन प्रमुख अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेकाछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । 

यस्तै भोली विहान १० वजे देखि ३ वजे सम्म मतदानको समय तोकिएको छ । संघीय र प्रेदश सांसद मतदाता हुने सो निर्वाचनमा मतदाताहरुले आफ्नो परिचयपत्र लिएर जानुपर्नेछ । 

त्यसैगरी  मतदान सकिएसंगै भोली नै मतगणना गरि मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom