एन टि भि अन्लाईन |
फागुन २९, लमही नगरपालिका-६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाइएको छ ।
रा १ त २४६६ र रा १ त ४०९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टोल विकास संस्थाका सचिव सूर्यप्रसाद चौधरीले जानकारी दिनुभयो ।
राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो ।
स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खोलामा चोरी बढेको छ ।