Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस्तीमा पसेको हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो - Brighter Khabar


फागुन १८ गते। हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ जङ्गल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गर्दा  ४५ वर्षीय गापाङ दर्लामीको   मृत्यु भएको हो। 


राति १२ बजे उखु खेतबाट बाहिर निस्केको यमगज कलैया उपमहानगरपालिका-२ औधारपुरमा दुई-चार वटा छाप्रो समेत  भत्काएर  बस्तीमा पसेको थियो। 


पाँच दिनदेखि बस्ती छिरेको जङ्गली हात्ती यमगज बाराको कतरवा हुँदै जङ्गल पसेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो। रौतहटको विश्रामपुरमा आइतबार रातिदेखि बस्तीमा प्रवेश गरेको जङ्गली हात्ती बारागढी गाउँपालिका,करैयामाई गाउँपालिका हुँदै कलैया उपमहानगरपालिका-२७ सिसवा महेशपुर टोलका अकलु साहको उखु खेतमा लुकेर बसेको थियो। 


हात्तीलाई पर्सा राष्ट्रिय निकुञ्ज सेनासहितका टोलीले निगरानी गरेको र  मानव बस्तीमा हात्तीलाई पस्न नदिन र जङ्गल पुर्याउनु पर्सा राष्ट्रिय निकुञ्जकाको टोलीले निकै प्रयास गरेको खबर प्राप्त भएको छ । हात्तीलाई सुरक्षित रूपले जङ्गल प्रवेश गराउन तीन राउण्ड हवाई फायरसमेत गरेको सिद्धी बक्स गण अधाभारका प्रमुख सेनानी मुक्ती विक्रम शाहले जानकारी दिनुभयो।



Top Post Ad

post bottom ads

Ads Bottom