Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बीमाको रकम प्राप्त गर्नकै लागि श्रीमानको हत्या , तिन जना पक्राउ- Brighter Khabar


सप्तरी, १५ चैत ।  एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खबर बाहिर आएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासलाई  ३० वर्षीया श्रीमती कोशिला देवीले करेन्ट लगाएर मा'रेको  खबर बाहिर आएको हो । शिवाशंकरको गएको कात्तिक ६ गते करेन्ट लागेर ज्यान गएको थियो ।

प्रहरीले जानकारी दिए अनुसार  घरव्यवहार चलाउन शिव शंकर र कोशिलादेवीले भाउजू पर्ने शान्ति देवीसित ऋण लिएको र सोहि ऋण तिर्नकै निमित्त उनै भाउजु पर्ने शान्तिको पुर्व योजनामा शिव शंकरको हत्या गरेको श्रीमती कोशिलाले बयान दिएकि हुन् । 

शान्ति देवीले शिवशंकरलाई आफ्नो  घरमा बोलाएर मदिरा खुवाएर टिल पारेर घरमा  पठाएकी र मदिराको नशामा मातेर घर पुगेका श्रीमान शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा करेन्ट लगाइदिएको प्रारम्भिक अनुसन्धान बाट थाहा लागेको छ ।

कोशिलाले मदिराले टिल परेर घरमा आएका श्रीमानको आफ्नै बुहारी हिरण देवीको सहयोगमा करेन्ट लगाइदिएर ज्यान लिएको थाहा लागेको हो ।

यो संगै श्रीमती कोशिला देवीसहित तिनै जनालाई  पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले शिवशंकरको  दुई महिनाअघि नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २० / २० लाखको बिमा गराएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom