Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सत्ता साझेदार दलहरूलाई मन्त्री छनौटमा सकस - Brighter Khabar



सत्ता साझेदार दलहरूको मन्त्री छनौटमा सकस देखिएपछि  पार्टी भित्रको आन्तरिक छलफलसँगै उनीहरूले दुई पक्षीय एवं बहुपक्षीय छलफललाई पनि तीव्रता दिएका छन् ।
सरकारमा सहभागिताको विषयलाई लिएर दलहरूले पार्टी बैठकलाई निरन्तरता दिइरहेका छन् भने पार्टी निर्णयलाई गठबन्धन बैठकमा पेस गरेर आ-आफ्ना दाबी प्रस्तुत गरिरहेका छन् ।

सरकार विस्तारकै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री दलका शीर्ष नेताहरूसँग औपचारिक एवं अनौपचारिक छलफल गरे पनि मन्त्री छनौटमा सकस देखिएको छ  ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर एक दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने आफ्नो तयारीबारे दलहरूलाई जानकारी गराए पनि सबै दलहरूलाई चित्त बुझाएर अगाडी लैजान चुनौती देखिएको छ  ।

सत्ता साझेदार दलहरूबिच सहमति र सहकार्यकै आधारमा मन्त्रिपरिषद् विस्तारको विषय टुङ्गोमा पुग्ने माओवादीका एक नेताको भनाइ छ ।

काँग्रेसले सबै क्षेत्र, भूगोल, प्रदेश, जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी सरकारमा मन्त्रीहरू पठाउने निर्णय गरिसकेको बताएको छ । 

प्रमुख मन्त्रालयमा दाबी रहने बताउँदै आएको नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै गठन गरे पनि अहिले सम्म केही टुङ्गो लगाउन सकेको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताउँदै संवादका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी प्रदान गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom