Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकार परिवर्तन संगै विभिन्न जिल्लाका सिडिओहरूको सरुवा , अध्यागमन अधिकृत घिमिरेलाई गृहमा तानियो - Brighter Khabar


काठमाडौं, असोज १० गते । सरकार परिवर्तनसँगै विभिन्न जिल्लाका  सिडिओहरूको सरुवा भएको छ ।

सरकारले गणेश गैरे, लीलाकुमार केसी पाण्डे, शेखर पौड्याल, शोभाकर रेग्मी, बसन्तराज पुरी, चित्रगत बराल, गणेशप्रसाद पौडेल र बेदप्रसाद अर्यालको आज सरुवा गरेको छ ।

आजको निर्णयअनुसार सरकारले सिडिआइको जिम्मेवारी पाँचथरमा मेखबहादुर मगराती, लमजुङमा रामकृष्ण अधिकारी, जुम्लामा जयकुमार घिमिरे, पर्वतमा प्रेमप्रसाद आचार्य, दोलखामा कोमलप्रसाद धमला, रामेछापमा अनिता निरौलालाई दिएको छ । प्युठानमा मदन कोइराला, जाजरकोटमा रामकुमार महतो र धनकुटामा थानेश्वर गौतम रहेका छन् ।

त्यस्तै, सरकारले आन्तरिक व्यवस्थापन महाशाखामा महादेव पन्त र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण महाशाखामा सहसचिव रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ ।

त्यस्तै सहसचिव रामबन्धु सुवेदीलाई प्रमुख अध्यागमन कार्यालयमा पठाइएको छ भने अध्यागमन अधिकृत वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom