Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फुटबलर मनिष डाँगी पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बन्न सफल - Brighter Khabar


फाल्गुन २३,  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा फुटबलर मनिष डाँगी पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका  छन् । 

विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका मनिष  मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । 

मनिषले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । 

उनले मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए ।

यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । 

यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom